Your browser is out-of-date!

Update your browser to view this website correctly. Update my browser now

×

दुईदिवसीय क्रिकेटमा नेपाल र हङकङले बराबरी खेल्यो

06 Nov 2022

नेपाल र हङकङबीचको दुईदिवसीय क्रिकेट बराबरीमा सकिएको छ । यूएईको अबुधाबीमा शुक्रबार नेपालले जितका लागि ३१३ रनको लक्ष्य पाएको थियो ।

तर, ५० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएपछि खेल बराबरीको घोषणा भयो । नेपालको सुरुवात राम्रो रहेन । ओपनर महेश क्षेत्री मात्र ५ रनमा आउट भए, जतिबेला टीमको स्कोर ७ रन थियो । थप १० रन जोड्दा नरेश बुढायर पनि मात्र ५ रनमा पभेलियन फर्किए ।

तर, अनिल मण्डल र शरद भेसवाकरले नेपाली पारी सम्हाल्ने प्रयास गरे । अनिल र शरदले तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा अनिल ४४ रजमा आउट भएपछि नेपाल दबावमा आयो । थप ११ रन जोड्दा शरद पनि व्यक्तिगत ४७ रनमा आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल १२, सागर पुन ७ र मेहबुब आलम २० रनमा आउट भए । बसन्त रेग्मी ८ र विक्रम शोव १ रनमा अविजित रहे । हङकङका हसिब अमजाद एक्लैले चार विकेट लिए ।
यसअघि हङकङले ७ विकेटको क्षतिमा २०३ रन बनाएर दोस्रो इनिङ सप्माप्तीको घोषणा गर्दै नेपाललाई ३१३ रनको लक्ष्य दिएको थियो । उसका लागि जेमी एटकिङसनले ८० रन बनाए भने निजाकत खानले ५० रन जोडे ।

नेपालका विक्रम शोवले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए । करण केसी र इर्शाद अहमदले पनि एक -एक विकेट लिए । पहिलो दिन १ विकेटको क्षतिमा १०६ रन बनाएको नेपालले दोस्रो दिनको सुरुमा एक बल पनि नखेली पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । हङकङले पहिलो इनिङमा २१५ रन बनाएको थियो ।

news source: onlinekhabar

Share